Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २७ बैशाख २०८१

बजारमा लकडाउन , गाउँमा सवारिसाधन सहित मानिसको चलपहल

बजारमा लकडाउन , गाउँमा सवारिसाधन सहित मानिसको चलपहल

जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै बैशाख १९ गते राती अछामलाई लकडाउन गरियो । तर अछामका गाउँमा भने त्यसको खासै प्रभाव परेको छैन । यहाँका स्थानीय सदाझैं आफ्नो नियमित काम गरिरहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयले यहँ“का विद्यलय बन्द गरि पनि  गाउँका चिया पसल निवार्ध रुपमा संचलानमा छन् । गाउ“मा सामान्य घाखोकीका बिरामी भएपनि कोरोनाको प्रभावबाट कोहीपनि त्रसित नदेखिएको स्थानीयले बताएका छन् । ‘गाउँमा चिया पसलहरु खुलै हुन्छन् । भारतबाट आएका बाहिर बाट आएकाहरु एकै ठाउँमा झुमिन्छन् ’ ढकारीका पूर्णबहादुर बुढाले भने ,‘ ढकारी बजार , ढंग्नेटा बजार बन्द छन् । गाउका चियापसल खुला छन् । यसले गर्दा संक्रमणको डर छ ’ चहलपहल हुने बजारमा मात्रै नभएर गाउँगाउँमा पनि चिया पसल बन्द गर्न सचेतना जगाउनु पर्ने उनको भनाइ छ ।

सदरमुकाम मंगलसेन ,जिल्लाका मुख्य व्यपारिक केन्द्र साँफेबगर , जयगढ , मुजाबगर , कमलबजा र बिनायक बाहेक ग्रामिण भेगमा निषेधज्ञाको प्रभाव नपरेको हो । भारत बाट आएका , काठमाडौं बाट आएका सबै गाउँमा ढुक्कले हिड्ने, जाँड खाएर बरालिने गरेको स्थानीय बताउछन् ।

‘अहिले कोरोनाको डरले गाउँमा मान्छे धेरै आएका छन् । काफल पाक्ने सिजल भएकाले हुल बाधेर हिडेको देखिन्छ ’ साँफेबगर ९ का जगत कुँवरले  भने ,‘ बजार गए सर्ने , अरु ठाउँमा हुल बनाएर गए नसर्ने भन्ने हुँदैन । स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ ।’ दैनिक जसो लोकल जीप दर्जनौं यात्रु लिएर आवत जावत गरीरहन्छन । भित्रभित्रै बिवाह , व्रतबन्ध जस्ता काम पनि ठूलो संख्यामा मान्छे उपस्थिती गराएर गर्ने गरेको उनले बताए ।

गाउँमा विवाह , व्रतबन्ध जस्ता काम नरोकीएको ढकारी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी साउद बताउछिन्  । ‘गाउँका चिया पसलहरु खुला छन् । ढकारी देखि चोइटे खालसम्म अनुगमन गर्यौं ’उनले भनिन् ‘ अहिले अनुगमनमा निस्कन पनि गाह्रो छ । संक्रमितहरु बढिरहेका छन् । गाउँका मान्छेले आफैं पनि डर मान्नु पर्ने हो । सकेसम्म चाडै अनुगमन गर्छौ । जनता नरहे कसका लागि राजनिति गर्ने भन्ने चिन्ता हामीलाई पनि छ ।’

लकडाउन प्रभावकारी भए नभएको स्थानीय तहस्तरको अनुगमन समितिलाई जिम्मेवारी भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ले बताए । ‘प्रहरी प्रशासनको आवश्यक्ता परेको हो भने स्थानीय तहहरुले खबर गर्नु पर्यो ।  टोलटोलमा पुगेर माइकिङ गर्न जनचेतना फैलाउन भनेका छौं  ’ प्रजिअ मल्लले भने ,‘ स्थानीय तहमा गएर अनुगमन गर्न भनेर प्रहरीलाई भनेका छौं । बाहिर निस्क्यो भने प्रशासनले कारबाहि गर्छ भन्ने कुरा सबैले थाहा पाउन जरुरी छ ।  पालिकास्तरमा अनुगमन पनि समिति छ । ’ जनप्रतिनिधिको सक्रीयता बढेका संक्रमण रोकथा गर्न सकिने उनको भनाइ छ ।  गाउँसम्म पहु“च भएको जनप्रतिनिधिको छ । प्रशासनको मात्रै जिम्मेवार होइन । प्रत्येक पालिकामा प्रहरीको युनिट छ । सबैले खट्नु पर्यो ।’

प्रतिक्रिया