पिसिआर प्रयोगशालालाई मंगलसेन नगरपालिकाको ५ लाख सहयोग
जेठ २ , अछाम - मंगलसेन नगरपालिकाले जिल्लामा एक मात्र रहेकी कमलबजार पिसिआर प्रयोशालालाई आर्थिक सहयोग गरेको छ । आइतबार नगर प्रमुख पदम बहादुर बोहराले कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्टलाई रु ५ लाखको चेक हस्तान्तरण गरेको नगरपालिकाका सूचना अधिकारी बिश्नु प्रसाद जैशीले बताए । उनका अनुसार गतवर्ष पुस २६ गते पनि नगरले पिसिआर प्रयोगशालालाई ५ लाख सहयोग गरेको उनले बताए । उक्त प्रयोगशालालाई सबै स्थानीय तह र निकाय बाट आर्थिक सहयोग गर्नु पर्ने नगर प्रमुख बोहराको भनाइ छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया