Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

बजारमा भैरहेको मुल्य बृद्धी र कोरोना को जोखिम बारे साँफेबगर का व्यापारी र सरोकार बाला बिच छलफल

बजारमा भैरहेको मुल्य बृद्धी र कोरोना को जोखिम बारे साँफेबगर का व्यापारी र सरोकार बाला बिच छलफल

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले साँफेबगरमा व्यापारीहरुसंग निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल गर्नु भएको छ । किराना पसल खुल्ला भएका कारण कोरोनाको जोखिम थप बढेको र ब्यापारहिरुले मुल्य भन्दा दोब्बरमा दैनिक उपभोग्यका सामाग्री बिक्री गर्न थालेको भन्ने गुनासो आएपछि नगर प्रमुख कुँवरले व्यापारीहरुसग छलफल गर्नु भएको हो ।

नगर प्रमुख कुँवरले कोरोनाको कारण भयावह स्थीति सिर्जना भएको भन्दै सुरक्षित रहन स्वास्थ सुरक्षाका मापदण्ड अपनाउन र यो बिपदको बेला कालो बजारी नगर्न आग्रह गर्नु भयो । उहाले अहिले कोरोनाको कृया बस्नुपर्ने बेला भएकाले सबैसग दुरी बनाएर राख्नु पर्ने बताउनु भयो । स्वास्थ क्षेत्र पनी अस्तव्यस्त रहेका बेला अहिले स्वयम आफु ने सचेत सुरक्षित हुनुको बिकल्प नै नभएको बताउनु भयो । पन्त जनरल स्टोरका प्रोपाईटर सुरेशप्रसाद पन्तले धनगढीबाट नै मुल्य बढेर आएकाले सोहि अनुसार आफुहले समाग्री बिक्री गर्ने गरेको बताउनु भयो ।

उहाँले यस्तो संकटको घडिमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने र ब्यापारीमा पनी समाजसेवाको भावना हुनुपर्ने बताउनु भयो । उहाँले आफुसंग जति पनी दैनिक उपभोग्यका समाग्री छन् सबै सहजै उपलब्ध गराउने बताउनु भयो । छलफलमा सहभागि अन्य व्यापारीहरुले केहि दिनकोे लागी भए पनी पुरै बजार पुर्ण रुपमा बन्द गर्नुेपर्ने सुझाब दिएका छन् । छलफलमा उधोग बाणीज्य संघका पदाधिकारी,वडाअध्यक्षहरु,व्यापारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया