Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

दाङ हुँदै फेरि नेपाल छिरे सलहका झुण्ड

दाङ हुँदै फेरि नेपाल छिरे सलहका झुण्ड

दाङ हुँदै आइतबार फेरि सलहका झुण्ड नेपाल प्रवेश गरेका छन्। कति झुण्ड प्रवेश गरेको यकिन गर्न नसकिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए।

‘धेरै झुण्ड देखिएको छन्। आउने क्रम जारी छ, यति नै भन्न सकिन्न, विवरण संकलन हुँदैछ,’ उनले भने।

केन्द्रका अनुसार आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड दाङको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको  र दिउँसो १ बजेतिर राप्ती गाउँपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ।उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिए पछि उत्तर पूर्वतर्फ लागेको केन्द्रले बताएको छ।

उक्त सलहले प्यूठान अर्घाखाँचीलगायत अन्य छिमेकी जिल्लामा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहन केन्द्रले आग्रह गरेको छ।

सलहका थप झुण्डसमेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ र १ का तराई र मध्य पहाडी क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ। सेतोपाटी

प्रतिक्रिया