Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

सुदूरपश्चिममा कोरोना संक्रमण घट्दै, आज थप ५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण घट्दै, आज थप ५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा शुक्रवार पाँच जनामा कोरोना पुष्टि भएको छ। मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौँमा भएको परीक्षणमा डोटी र कैलालीका एक÷एक जना र दैलेखमा भएको परीक्षणमा बाजुराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। 

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामको बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ३ का २६ बर्षिय युबक र कञ्चनपुरको बेल्डाडीका २१ बर्षिय युवकमा कोरोना देखिएको हो ।

उनले पछिल्लो २४ घण्टामा २४१ नमुना परिक्षण गरिएको बताए । पछिल्लो केही दिन यता संक्रमण घट्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार २२ गते सुदूरपश्चिममा १३ जना, २३ गते एक सय ११ जना, २४ गते ६९ जना र २५ गते ३५ जनामा कोरोना पुष्टि भएको छ। असारको दोस्रो सातामा सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमति भेटिएका थिए।

प्रदेशमा सबैभन्दा बढि एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो। यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ११ पुगेको छ।  धनगढी खबरबाट

प्रतिक्रिया