Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

होलीमा झडप प्रकरण: भीरबाट खसालेर २ जनाको मृत्यु

होलीमा झडप प्रकरण: भीरबाट खसालेर २ जनाको मृत्यु

काठमाडौं- बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र गुल्मीको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा निसीखोला गाउँपालिका वडा ७ का दुई जनाको मृत्यु भएको खत्रीले बताए। मृत्यु भएकामा प्रकाश कुँवर र दीपक दमाइ रहेको प्रहरीले जनाएको छ। उनीहरुको शवलाई अहिले प्रहरीले बुर्तिवाङ ल्याएको र पोस्टमार्टम गरिने प्रक्रियामा रहेको छ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए। आइतवार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ। बेपत्ताबारे अझै यकिन हुने नसकेको वडाध्यक्ष खत्रीले बताए। हामी बिहान घटनास्थलतर्फ जाँदैछौ। भीरमा दुई जनाको बाहेक अरु शव भेटिएको छैन। त्यहाँ पुगेर खोजतलासपछि बेपत्ताबारे थाह लाग्छ, वडाध्यक्ष खत्रीले  भने।

प्रतिक्रिया