Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

बैतडीका एक युवक घाँटीमा गोली लागेर  गम्भीर घाइते

बैतडीका एक युवक घाँटीमा गोली लागेर  गम्भीर घाइते

बैतडी - जिल्लामा गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका ३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनुभयो ।

चन्दको घाँटीमा गोली लागेको छ ।घाइते चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

‘घरमै बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको छ’, धामीले भन्नुभयो, ‘स्थानीयले घरमै बन्दुक रहेको बताका छन्, थप कुरा अनुसन्धान भएपछि खुल्छ ।’

घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया