Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिका–४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ ।

घरबाट ६ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । 

चैत ६ गते घरबाट हराएकी रानाको २ दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका पति मोली रानाले बताए।

घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको रानाले बताए । भारतीय प्रहरीले रानाको हत्याको आशंकामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ ।

भागरती भारतीय नागरिक विक्रमको केही दिनदेखि सम्पर्कमा रहेको कुरा बुझिएको छ । 

मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए । मृतक महिलाका पतिको भनाइअनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो लाग्छ ।

भारतीय प्रहरीको दबाबमा राना परिवारले शव बुझेर ल्याएका छन् । मृतकका बुवा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरेका छन् । 

प्रतिक्रिया