Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

कञ्चनपुरमा लागुऔषधसहित २ जना प्रहरीको फन्दामा

कञ्चनपुरमा लागुऔषधसहित २ जना प्रहरीको फन्दामा

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका २ मा कैलालीको धनगढी उपमहानरपालिका(४ उत्तरबेहडीका २४ वर्षीय कृष्ण बम र सोही ठाउँका २५ वर्षीय बिक्रम बिकलाई लागुऔषध खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनीहरुलाई ५ ग्राम, २ सय २० मिलिग्राम लागुऔषधसहित पक्राउ गरीएको हो। से ६ प ७८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागेर जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा बताए।

प्रतिक्रिया