Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

दार्चुलामा नेपाली भूमि फिर्ता गर्नुको साटो बाटो बिस्तारमा भारत

दार्चुलामा नेपाली भूमि फिर्ता गर्नुको साटो बाटो बिस्तारमा  भारत

असार २४ दार्चुला । नेपालको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा कब्जा गरेर बसेको भारतले बार्ता र भूमि फिर्ताको साटो सीमा क्षेत्रमा नेपालले निर्माण गरेको बाटो समेत बगाउने गरी महाकाली नदी नै थुनिने गरी धमाधम विष्फोट गराएर ढुंगा लडाईरहेको पाईएको छ ।
भारतले नेपाली सेनाले सदरमुकाम छारुगं र तिंकर जोड्ने घोरेटो बाटो बनाईरहेको छ ।
भारतले आफ्नो तर्फ ठुला बिष्फोट गराएर दिनमा पटक पटक चट्टान नदीमा खसाल्दा महाकाली नै थुनिएर जेष्ठ दोस्रो सातादेखि नेपालले बनाईरहेको सडक मध्य ४५ मिटर बाटै बगाएको छ । उनीहरुले खसालेको ढुंगाले महाकालीको बहाब साघुरिएर तीव्र हुदा नेपालपट्टी होचो भागमा बनिरहेको सडक बगाएको हो । भारतले सडक चौडा बनाईरहेको छ ।

यस बिषयमा हामीले थप जानकारी लिन सम्पर्क गर्न खोज्दा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यलयको समेत नम्बरमा टेलिफोन सम्पर्क हुन सकेन । यस्तै जिल्ला प्रहरी कार्यलयमा समेत सम्पर्क हुन सकेन ।
यस बिषयमा नेपालको परराष्ट्र मन्त्रालयले अहिले सम्म कुनै प्रतिकृया जनाएको छैन ।

भारतले पिथौरागढबाट चीन तिव्वतको मानसरोबर जोड्ने सडक बनाउदा नेपाली भूमिमा समेत नेपाललाई जानकारी समेत नदिई खने पछि नेपालले बिरोध गर्दै आएको छ ।
यति सम्म कि उनीहरुले जानी जानी खसालेको ढुंगा नेपाली सेनाले बनाएको क्याम्प सम्म पनि आईपुग्ने गरेको छ । अत्यन्त जोखिमका बीच सेनाले बाटो निर्माण गरीरहेको छ भने स्थानीयवासीले सहयोग गरीरहेका छन् ।
पछिल्लो समय नेपालले सीमा क्षेत्रमा शसस्त्र को बोर्डर आउटपोष्ट राख्न शुरु गरेको छ ।
सन् २०१९ मा नेपालको भूमि समेटेर नक्सा बनाएको भारतले त्यसको ६ महिना पछि बाटो नै बैशाख २६ गते उद्घाटन गरे पछि नेपालले निरन्तर पत्राचार गर्दै बार्ताको लागि दबाब दिए पनि भारतले बार्ता गर्नुको साटो बाटो बनाउने काम गरीरहेको छ भने नेपालको कुरा सुनिरहेको छैन ।
बरु भारतीय मिडिया र केही बुद्धीजीवीहरुले नेपालले चीनको उक्साहटमा नक्सा ल्याएको भनेर दाबी गरीरहेको छ ।
सन् १९६२ मा चीनसगँको युद्धमा पराजीत भए पछि भारतीय फौज कालापानीको दुई ठाँउमा थपेर राखिएको थियो ।
नेपालले त्यतिखेर भारतलाई उत्तरी सीमा क्षेत्रमा १८ वटा पोष्ट राख्न सहमति दिएको थियो । अन्तबाट फिर्ता गरे पनि कालापानीको दुई ठाँउबाट भने भारतीय सेना फिर्ता भएको थिएन ।

प्रतिक्रिया