पाटेबाघको छालासहित चार पक्राउ
नेपालगञ्ज - जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाउँपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित आज चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गङ्गबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली रहेका छन् । सो क्षेत्रमा अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरलाई चेकजाँच गर्नेक्रममा पाटेबाघको छाला एक थान र साढे दुई किलो बाघको हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय बाँकेमा वन्यजन्तुको अङ्गसहित यसमा संलग्न व्यक्तिहरु फेला पर्दै जानेको सङ्ख्या बढदै गएको छ । गत महिनायता बाँकेमा प्रहरीले वन्यजन्तु तस्करीका सात वटा घटना फेला पारेको छ । सो अवधिमा प्रहरीले रेडपाण्डा, हात्ती, गैंडा लगायत वन्यजन्तुको अङ्गसहित संलग्न व्यक्तिहरु फेला पार्दै आएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया