Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी गम्भीर घाइते

धनगढी-  डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो म २ प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दिपायल सिलगढी नगरपालिका– ४ सुनगणा ट्राफिक कार्यालय नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते हुनेमा २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दीपेन्द्र खड्का रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए।

एसएसपी सिंहका अनुसार घाइते तीनैजना प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम लिइरहेका छन्। घाइते तीनै जनाको अवस्था गम्भीर छ। डोटीमा उपचार सम्भव नभएपछि उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी पठाएको एसएसपी सिंहले जानकारी दिए।

प्रतिक्रिया