इटहरीमा चक्काजाम,यातायात अबरोध
झापा, चैत्र ६
इटहरीका निजी कलेजका विद्यार्थीहरु कलेजहरुको मनपुरी शुल्क विरुद्ध आन्दोलन चर्काएका छन । नपढेको समयको समेत मासिक शुल्क तिर्न ताकेता गरेको भन्दै विद्यार्थीहरुले सडक अवरुद्ध समेत गरेका छन ।इटहरीका नाम चलेका कलेजहरुले पनि कलेज नलागेको समयको शुल्क असुलेको भन्दै शुक्रबार विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन । इटहरीका कलेजहरुलेनै विद्यार्थीहरुबाट विभिन्न बहानामा अनाश्वयक शुल्क असुलेको भन्दै विद्यार्थीहरु दैनिक जसो आन्दोलन गरिरहेका छन । आज पनि विद्यार्थीहरुले सडकमै विद्यालयहरु विरुद्ध प्रदर्शन गरेका हुन ।
कलेजको ज्यादती र शुल्क वृद्धिको विरोधमा इटहरीका निजी कलेजका विद्यार्थीहरूले आज पनि सडकमा प्रदर्शन गरेका छन् ।इटहरी उपमहानगरपालिका घेराउमा आएका विश्व आदर्श, कोसी, शुस्मा र कस्तुरी कलेजका विद्यार्थी लाई प्रहरीले रोकेपछि उनीहरूले इटहरी चोकमा सडक जाम गरेका थिए । स्वतःस्फूर्त निस्किएको आन्दोलनमा कुनैपनी विद्यार्थी सङ्गठनको सहभागी देखिँदैन । युवा सङ्घका नेताहरूले आन्दोलनलाई नेतृत्व गरिरहेका छन् ।
कलेजको ज्यादती र शुल्क वृद्धिको विरोधमा इटहरीका निजी कलेजका विद्यार्थीहरूले आज पनि सडकमा प्रदर्शन गरेका छन् ।इटहरी उपमहानगरपालिका घेराउमा आएका विश्व आदर्श, कोसी, शुस्मा र कस्तुरी कलेजका विद्यार्थी लाई प्रहरीले रोकेपछि उनीहरूले इटहरी चोकमा सडक जाम गरेका थिए ।स्वतःस्फूर्त निस्किएको आन्दोलनमा कुनैपनी विद्यार्थी सङ्गठनको सहभागी देखिँदैन । युवा सङ्घका नेताहरूले आन्दोलनलाई नेतृत्व गरिरहेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया