Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

आन्तरिक राजस्व विभागको ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने

आन्तरिक राजस्व विभागको ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने

आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । आउँदो शुक्रबार बेलुकी ४ बजेदेखि ७ गते शनिबार बेलुकी ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने विभागले जनाएको हो ।

यसअन्तर्गतका करदाता पोर्टल, अफिसर पोर्टल, ई-आईएमएस र एपीआईहरुमा सेवा प्रभावित हुनसक्ने छ । विभागले सिस्टम अपग्रेड गर्नुपर्ने भएका कारण इन्टिग्रेटेड ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने भन्दै सूचना प्रकाशित गरेको हाे ।

‘यसबाट करदाता एवम् सरोकारवाला सबैमा पर्नसक्ने असुविधाप्रति आन्तरिक राजस्व विभाग क्षमाप्रार्थी छ,’ विभागको सूचनामा भनिएको छ ।

प्रतिक्रिया