Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

बर्दियामा मान्छे खाने बाघलाई समात्यो प्राविधिक टोलीले

बर्दियामा मान्छे खाने बाघलाई समात्यो प्राविधिक टोलीले

बर्दिया राष्ट्रिय निकुञ्जको टोली पाटे बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट बाघलाई नियन्त्रणमा लिएको हो । 

मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने पाटेबाघलाई निकुञ्जको प्राविधिक टोलीले बुधवार साँझ नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यही बाघले नै सात जना मानिसलाई खाएको हुन सक्ने अनुमान छ । 

मङ्गलबार दिउँसो एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । केही महिनादेखि पाटेबाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो । यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाट मान्छे पल्किएको एउटा बाघ निकुञ्जको टोलीले नियन्त्रणमा लिइसकेको छ । 

प्रतिक्रिया