Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

सबै समस्याको प्रमुख कारण केपी ओलीको अहंकार - माधव नेपाल (भिडियो सहित )

सबै समस्याको प्रमुख कारण केपी ओलीको अहंकार - माधव नेपाल  (भिडियो सहित )

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेपालको समग्र कम्युनिष्ट आन्दोलनमा नै अहिले देखिएको समस्याको प्रमुख कारण पार्टी अध्यक्ष केपी ओली भएको आरोप लगाउनुभएको छ । 

उहाँले भन्नुभयो, सबै समस्याको जड केपी ओली हुन्, उनको व्यक्तिवाद र कार्यशैलीमा देखिएको अहंकारले यो सबै भएको हो । 

आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलालाई आज लतितपुरमा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।

नेकपा एकीकरणको घोषणा लगत्तै ओलीले पार्टी भित्र एकलौटी गर्न खोजेको अरोप माधव नेपालको छ । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताउनुभयो । 

उहाँले भन्नभुयो, पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन, उहाँको आफै सबै हुँ भन्ने व्यक्तिवादी प्रवृत्तिले गर्दा यो सब समस्या भएको हो । 

नेता नेपालले ओलीले जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको र आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्ने गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया