Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

बिनायकमा बालमैत्री स्थानीय शासन र जन्मदर्ता सम्बन्धी अभिमुखीकरण एवं छलफल कार्यक्रम सम्पन्न

बिनायकमा बालमैत्री स्थानीय शासन र जन्मदर्ता सम्बन्धी अभिमुखीकरण एवं छलफल कार्यक्रम  सम्पन्न

बालमैत्री स्थानीय शासन र जन्मदर्ता सम्बन्धी अभिमुखीकरण एवं छलफल कार्यक्रम पन्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासनका सूचकहरुको बारेमा जानकारी, जन्मदर्ताको बारेमा जानकारी गराउने , र पन्चदेवल विनायक नगरपालिकाको वडा नं. २ लाई निकट भविस्यमै बालमैत्रि वडा घोषणा गर्ने विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

पन्चदेवल विनायक नगरपालिका वडा नं. २ का कार्यबाहक वडाध्यक्ष पदमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पन्चदेवल विनायक नगरपालिका वडा नं. २ का वडा सदस्यहरु, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पनचदेवल विनायक नगरपालिका बहुक्षेत्रिय पोृषण योजनाका स्वयंसेवक हंशराज अधिकारी, बाल संरक्षण समितीका पदाधिकारी,महिला स्वास्थ्य स्वयंसेविका, बाल सन्जालका पदाधिकारी लगायतको सहभागीता रहेकोथियो ।

आस्था नेपालको आयोजना र पन्चदेवल विनायक नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत कुल बहादुर रावत, सामाजिक परिचालक खगेन्द्र उपाध्याय र जनक बडुवालले गर्नुभएकोथियो ।

प्रतिक्रिया