Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

शिक्षामा उल्लेखनीय सुधार गर्न बिधालयसंग नङ र मासुको जस्तै सम्बन्ध हुनु पर्छ: अध्यक्ष खत्री

शिक्षामा उल्लेखनीय सुधार गर्न बिधालयसंग  नङ र मासुको जस्तै सम्बन्ध हुनु पर्छ: अध्यक्ष खत्री

माधव खनाल -प्युठान  भानुभक्त माध्यमिक बिधालयका नव निर्वाचित बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जिवलाल खत्रीले शिक्षक, अभिभावक ,बिद्यार्थी र बिधालय ब्यबस्थापन समिति बिच नङ र मासुको जस्तो सम्बन्ध भएमा मात्रै शिक्षामा उल्लेखनीय सुधार हुने बताउनुभएको छ सोमबार भानुभक्त माध्यमिक बिधालयले आयोजना गरेको अभिभावक भेला तथा बिधालय ब्यबस्थापन समिति गठन कार्यक्रममा आफू निर्बाचित भइ प्रतिबद्धता सहितको मन्तव्य राख्दै अध्यक्ष खत्रीले सो कुरा बताउनु भएको थियो ।

कुल पाँचसय चौध अभिभावक रहेको बिधालयमा चार सय एघार जना अभिभावकको बिशेश उपस्थितिले खत्रीलाइ निर्बिरोध रूपमा निर्बाचित गरेको गरेको छ ।अध्यक्ष खत्री ले आफुलाइ निर्बिरोध रूपमा निर्वाचित गरेकोमा अभिभावक र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लाई धन्यवाद समेत दिनुभएको थियो साथै अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा बिधालयलाइ नमुना बिधालयको रूपमा स्थापित गर्ने कुरामा जोड दिनुभयो ।

यस्तै अभिभावक भेलामा मन्तव्य राख्दै मल्लरानी गाउँपालिका शिक्षाशाखा प्रमुख बासुदेव पण्डितले बिधालय शैक्षिक गुणस्तरमा वृद्धि ल्याउनको निमित्त शिक्षक र बिधालय ब्यबस्थापन समितिको मुख्य भुमिका रहने बताउनुभयो । कार्यक्रममा बिधालयका प्रधानध्यापक चक्रपाणी पौडेल मल्लरानी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा गङ्गाराम पौडेललाई निर्बिरोध रूपमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया