भारतमा लुटिए नेपाल आउँदै गरेका अछामका ६ जना
भारत बाट नेपाल आउँदै गरेका ६ जना नेपाली भारतमा लुटिएका छन् । भारतबाट नेपाल आउने क्रममा बाटोमै ६ जनाको करिब ५ लाख बराबरको सामान सवारी चालकको मिलेमतोमा लुटपाट भएको नागरिक तथा शान्ति समाज नेपाल सुदूरपश्चिम प्रदेशका सचिव मदन बहादुर कुँवरले बताए ।
लुटिनेमा अछामको बान्नीगढी जयगड गाउँपालिका ६ पाटे खेत दर्ना बस्ने पदम थापा, हिक्मत थापा र महेन्द्र विष्ट लगायत अन्य ६ जनाको सामान चोरी भएको हो । भारतको गुजरातमा काम गदै आएका उनीहरू फागुन २३ गते नेपाल आइरहेका थिए । सोही क्रममा गरगहना सहित लुट पात भएको हो ।
उनीहरूले ६० हजार भारतीय रुपैयाँ सहित सुनका गरगहना लुटेको आरोप पीडितका आफन्तले लगाएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया