Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

महिलालाई गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ

महिलालाई गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ

अछाम- महिला गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ परेका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलाकी एक ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २२ वर्षका महेश बटाला र ४५ वर्षका जगत रावललाई अछाम प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछाममा फाल्गुन २६ गते पीडित पक्षले उजुरी दिएको आधारमा २७ गते उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो ।

अहिले अदालतबाट म्याद थप भर्ई घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।

बलात्कारबाट गर्भवती बनेकी महिलाको पेटमा ४ महिनाको बच्चा समेत रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया