Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

१ लाख ६५ हजार बढी ज्येष्ठ नागरिकले लागाए कोरोना खोप

१ लाख ६५ हजार बढी ज्येष्ठ नागरिकले लागाए कोरोना खोप

काठमाडौं -  आइतबार ६५ वर्ष माथिका १ लाख ६५ हजार बढी ज्येष्ठ नागरिकले कोरोना विद्धरुको खोप लगाएका छन् । 

सरकारले आइतबारदेखि सुरु गरेको दोस्रो चरणको खोप अभियान अन्तर्गत १ लाख ६५ हजार ४ सय २८ जना ज्येष्ठ नागरिकले खोप लगाएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्याको ९ दशमलव २८ प्रतिशतले खोप लगाएको बताए । दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाइ खोप लगाउने सरकारको लक्ष्य रहेको छ । 

खोप लगाउनेको संख्या सबैभन्दा धेरै लुम्बिनी र सबैभन्दा कम बागमती प्रदेशमा छ ।

प्रतिक्रिया