Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण,४२ जना निको भए

पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण,४२ जना निको भए

काठमाडौँ - पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार जनाएको हो । 


यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । 

सोमवार ४२ जना संक्रमित निको भएका छन् । हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ । 

मुलुकभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ रहेको छ । हालसम्म ३ हजार ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

प्रतिक्रिया