Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

छाउपडीका कुरा बोलन्या थलीमा !

छाउपडीका कुरा बोलन्या थलीमा  !

अछाम जिल्लाका निवर्तमान प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले सुदूरपश्चिममा छाउपडी प्रथा अन्त्य गर्न छाउघर भत्काउनु जरुरी रहेको बताए ।

आईतवार बोलन्या थलीको सेटमा बोल्दै उपाध्यायले छाउपडी अन्त्यका लागि छाउपडि घर भत्काउने र छाउपडीबिरुद्ध जनसमुदायमा जनचेतना जगाउनु पर्ने बताए ।

अछाममा १९८ दिन जिल्ला प्रमुख भएर कार्यभार समाल्दै गर्दा छाउपडी प्रथा अन्त्यका लागि महत्त्वपूर्ण अभियान थाले, उपाध्यायले भने छाउपडी अन्त्य गर्न लेखनमाध्यम,प्रशासनिक कामकाजका लागि प्रशासनमा आएका नागरिकलाई छाउपडीविरुद्ध सचेतना र बस्तीबस्तीमा पुगेर अभियान चलाएको त्यही क्रममा ६ हजार भन्दाबढी छाउघर भत्काए । छाउप्रथा अन्त्य गर्ने पहिलो खुट्किल्ला छाउघर भत्काउनु नै हो ।

‘धेरैले छाउपडी घर भत्काउनु भन्दा मनको घर भत्काउनु पर्छ पनि भने हामीले के पनि बुझ्नु पर्छ,छाउघर कस्तो हुन्छ र के हो ? उनले भने,४-३ फिट भएको सानो घर,जसमा खुट्टा तानेर सुत्न पनि मिल्दैन । अझै केही महिना अछाममा रहेको भए छाउपडी प्रथा र सुत्केरी छाउपडी अन्त्य नै गर्ने उनले बताए ।

यस्तै अछाम जिल्ला समन्वय समितीका अध्यक्ष नर बहादुर कुवरले छाउपडी प्रथा अन्त्यका लागि समुदाय,सरकार र सरोकारसङ्ग समन्वय गरेरे अछाममा धेरै अभियान थालेको अझै त्यस्ता अभियानलाई निरन्तरता दिईने बताए ।

साफेनगर नगरपालिकाका ३ का वडाअध्यक्ष कृष्ण बहादुर बुढाले छाउपडी प्रथा अन्त्यका लागि स्थानीय सरकार लागि परेको बताए । परापुर्वकाल देखि आएको प्रथा तत्कालै अन्त्य गर्न सकस भएपनी अन्त्य गर्ने चुनौती हामी सामु आएका बताए । उनले छाउगोठ भत्काउने अभियान कोरोना महामारीमा रोकिए पनि पुनः अभियान चलाउने बताए । बोलन्या थली

प्रतिक्रिया