Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

जथाभावी डढेल‍ो वनमा : नियन्त्रणमा किन छ मौन स्थानीय निकाय

जथाभावी डढेल‍ो वनमा : नियन्त्रणमा किन छ  मौन  स्थानीय निकाय

अछामका सामुदायिक वन हरुमा जथाभावी डढेल‍ो लागेको छ। जिल्लाका विभिन्न साना ठुला सामुदायिक तथा कबुलियत वन हरुमा डढेलो लागे पनि निभाउन भने कसैले चासो देखाएका छैनन्।

वनको सरक्षण सम्बर्दन र उपयोग गर्ने अधिकार स्थानीय सरकारको रहे पनि वन डढेलो लाग्दा समेत स्थानीय सरकारले वनमा लागेको निभाउन कुनै ध्यान दिएका छैनन्। यता साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको साविकको ३ र ८ को राक्से सामुदायिक वनमा आगो लागेको छ।

वनमा लागेको आगो निभाउन केही युवा हरु लागे पनि नियन्त्रणमा आउन नसकेको स्थानीय धुर्ब बटालाले बताए। वन ऐन अनुसार वनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक वर्ष वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्तरगत सामुदायिक वन, ग्रामिण तथा शहरी वन, धार्मिक वन, कबुलियती वन र साझेदारी वनको संरक्षण, सम्वर्दन, उपयोग अनुगमन र नियमन तथा वन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ।

प्रतिक्रिया