Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २६ बैशाख २०८१

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न

फागुन २३ गतेबाट कोरोना भाइरस कोभिढ–१९ विरुद्धको खोप अभियान सफल पार्न पालिका स्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ।

मेल्लेख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तुले धामीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही रहनु भएको थियो। अभिमुखिकरण कार्यक्रममा स्थानीय तहमा खोप समन्वय समितिको भुमिका स्थानीय स्रोत परिचालन र जिम्मेवारी बारे छलफल पनि गरेको छ।

कार्यक्रममा मेल्लेख सबै वडाका वडा अध्यक्षहरु मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले कोभिट बिरुद्ध खोप सफल पार्न सबैल साथ र सहयोग गर्नु पर्ने र खोप अभियान मा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्न प्रोतसाहन स्वरुप सहयोग गरिने पनि प्रतिबद्धता जनाउनु भएको छ।

अभिमुखिकरण कार्यक्रममा शिक्षा शाखा प्रमुख बिरेन्द्र खड्काले स्वागत मनतव्य राख्नु भएको थियो। कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा संयोजक वीर बहादुर ठकुल्लाले गर्नु भएको थियो।

प्रतिक्रिया