Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार - धादिङ

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार - धादिङ

एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् ।

त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले एक्स्काभेटरले मान्छे पुर्यो भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खनेर कुमालको शव झिकेका थिए । शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ, सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब इन्स्पेक्टर भानुभक्त आचार्यले भने ।

शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो ।

आगजनीबाट एक्स्काभेटर क्षतिग्रस्त भएके छ । चालकलाई तत्काल पक्राउ गरी कानुनसम्मत कारवाही हुनुपर्ने स्थानीयको माग छ । कान्तिपुर दैनीक

प्रतिक्रिया