Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

मंगलसेन नगरपालिकाद्वारा विभिन्न ठाँउमा सोलार बत्ती जडान

मंगलसेन नगरपालिकाद्वारा विभिन्न ठाँउमा सोलार बत्ती जडान

फागुन १७ , अछाम

मंगलसेन नगरपालिकाले नगरका विभिन्न बजार क्षेत्रमा सोलार बत्ती जडान गर्न थालेको छ । यसअघि सदरमुकाम मंगलसेन बजारमा बत्ती जडान गरेको नगरले आइतबार ठुलासेन बजारमा समेत बत्ति जडान गरेको हो । बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको वडा अध्यक्ष जनक भण्डारीले बताए ।

नगरपालिकाले अघिल्लो बर्ष देखि नै मुख्य स्थानमा सोलार बत्ती जडान गर्न सुरु गरेको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा ३० लाखको टेण्डरबाट ३० वटा पोल खरिद गरिएको हो । त्यसैबाट आइतबार ठुलासेनमा ८ पोल जडान गरिएको हो । २२ वटा पोल अन्य ठाँउमा विस्तार गरिने सोडारीले बताए ।

प्रतिक्रिया