Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २६ बैशाख २०८१

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको सभाले चार वटा बिधेयक पारित गरेको छ । साफेबगर नगरपालीकाको टोल बिकास संस्था गठन तथा परिचालन कार्यबिधी २०७७ पारीत गरिएको छ । 

यस्तै नगरसभाले साफेबगर नगरपालीकाका नगर प्रहरी संचालन तथा ब्यवस्थापन नियमावली २०७७ ,साफेबगर नगरपालीकाको लेखा समिती गठन तथा संचालन नियमवाली २०७७, नगरपालीकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा बनेको विधेयक २०७७ समेत पारित गरेको छ ।

यस्तै सभामा न्यायिक समितिको प्रतिबेदन, अनुगमन समितीको प्रतिबेदन प्रस्तुत गरएिको थियो । सभाले साफेबगर नगरपालीकाको राजश्वका थप दर तथा दायराहरु समेत अनुमोदन गरेको छ । छैठो नगर सभा मार्फत नै लेखा समितीको समेत गठन गरिएको छ ।

 

प्रतिक्रिया