गायिका अन्जु पन्तले विवाह गरिन
चर्चित गायिका अन्जु पन्तले विवाह गरेकी छन्। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्।
दुवै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ बुधबार पाटनस्थित चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको गायिका पन्तको पारिवारिक स्रोतले जनाएको छ।
एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।
थीर र अन्जुको पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। सोही कार्यक्रममा अन्जु अतिथि बनेर आउँदा अञ्जु र थीरबीच परिचय भएको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
प्रतिक्रिया