Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

साँफेबगर बसपार्कका लागी जग्गा अधिग्रहण सम्बन्धि सुचना सार्वजनिक भयो

साँफेबगर बसपार्कका लागी जग्गा अधिग्रहण सम्बन्धि सुचना सार्वजनिक भयो

जिल्ला प्रशासन कार्यालय अछामले जग्गा अधिग्रहण सम्बन्धि सुचना जारी गरेको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा न ३ मा बसपार्क निर्माणका लागी आवश्यक पर्ने १४२४२.४६ वर्गमिटर को क्षेत्रफल भएको जग्गामा अधिग्रहण को लागी सोमबार सुचना जारी गरिएको जानकारी प्राप्त भएको छ ।

सुचनामा जग्गाधनीहरुलाई जग्गा र घर टहरा भए सो समेतको मुआब्जा दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धि सपुत प्रमाण सहित रितपुर्वकको निवेदन जिल्ला प्रशासन कार्यालय अथवा आयोजनाको कार्यालय साँफेबगर अछाममा दिनुपर्ने जनाईएको छ । 

प्रतिक्रिया