अछामको रामारोशनमा छाउपडी कु-प्रथाविरुद्ध राष्ट्रव्यापी चित्रकला प्रतियोगिता
अछाम जिल्ला प्रशासन कार्यलय अछामले छाउपडी कु-प्रथा, बालविवाह र जातीय विभेद हटाउन राष्ट्रव्यापी वृहत् चित्रकला प्रतियोगिता आयोजना गरेको छ। अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले यो प्रतियोगिता गर्न लागिएको बताएका छन । उपाध्यायका अुनसार प्रतियोगिताको प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको जानकारी सोमबार दिएका छन ।
यो प्रतियोगिताको प्रथम चरणमा कलाकारले उक्त थिममा चित्रकला तयार पारी फागुन १८ गतेभित्र जिल्ला प्रशासन कार्यालयको ईमेलमा पठाइसक्नुपर्ने छ। उक्त चित्रलाई सामाजिक सञ्जाल फेसबुकमा भोटिङका लागि राखिने भएको छ। त्यससँगै विज्ञहरुको मतका आधारमा उत्कृष्ट १० जनालाई दोस्रो चरणका लागि बोलाइने भएको छ।
यो क्रममा थप १० कलाकारलाई आयोजकले विज्ञहरुको परामर्श तथा व्यक्त्तिगत अन्तर्वार्ताका आधारमा सोझै प्रतियोगितामा बोलाइने जिल्ला प्रशासन कार्यालय अछामले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सहभागी हुन चाहने कलाकारहरुले अछामका सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैनालाई ९८५८४८८०७० मा सम्पर्क गरी नाम दर्ता गराउन सक्ने छन ।
यो अभियान लाई सफल पार्न सबैको साथ, सहयोग, समर्थन र सुझाव का लागी समेत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले आफ्नो फेसबुक पोष्ट मार्फत अनुरोध समेत गरेका छन ।
यस अभियानमा साथ, सहयोग, समर्थन, सुझाव तथा अत्यधिक सेयर गरी सफल बनाउनु हुन अनुरोध !
Posted by Gokarna Upadhyay on Monday, February 22, 2021
सम्बन्धित समाचार
ताजा अपडेट
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
प्रतिक्रिया