Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

नियम बिपरित वडाध्यक्षले संचालन गरेको मेडिकल सिल

नियम बिपरित वडाध्यक्षले संचालन गरेको मेडिकल सिल

साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजि मेडिकल सिल गरेको छ । वडाध्यक्ष सागर सिह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागी प्रशासनले सिल गरेको जनाएको छ ।

अनुगमनका क्रममा नियम बिपरित सञ्चालन गरेको भन्दै बाब्ली मेडिकल हल सिल गरेको प्रशासनले जनाएको छ । मेडिकलबाट म्याद गुज्रेका औषधी र भेटेरीनरीका सामाग्री समेत विक्रि गर्ने गरेको पाईएपछि कार्वाहि स्वरुप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया