Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०१ जेठ २०८१

पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा भट्ट निर्वाचित

पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा भट्ट निर्वाचित

कैलालीको धनगढीस्थित हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा ज्योती भट्ट निर्वाचित भएका छन । शनिबार भएको शिक्षक अभिभावकको भेलाबाट संघको अध्यक्षमा भट्टलाई निर्बिरोध निर्वाचित गरिएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्र बमको अध्यक्षतामा भएको भेलाले भट्टको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको हो । भट्ट नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यकारी निर्देशक समेत हुन ।

उनले आफ्नो कार्यकालमा बिद्यालयको बृहत्तर विकासका लागि सकारात्मक भुमिका रहने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया