Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०१ जेठ २०८१

मेल्लेख गाउँपाालिकाद्धारा बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन,९ सय बढीलाई व्यवसायमा जोडेर आत्मनिर्भर तथा रोजगार बनाउने लक्ष्य

मेल्लेख गाउँपाालिकाद्धारा बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन,९ सय बढीलाई व्यवसायमा जोडेर आत्मनिर्भर तथा रोजगार बनाउने लक्ष्य

मेल्लेख गाउँपाालिकाले बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन गरेको छ । पालिका भित्र हुने बिकास निमार्णका कार्यमा युवाहरुलाई सहभागिता गराई रोजगार सिर्जना गरेको छ । मेल्लेखले आज पत्रकार सम्मेलनको आयोजना गरी दिगो बिकास र रोजगार,युवाको सरोकार भन्ने नाराका साथ बिकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोग बहादुर बोहराले बताउनु भयो ।

आज बिधुत बिस्तारका लागी ५० जना युवाहरुलाई परिचालन गरिएको बोहराले बताउनु भयो । पालिकामा युवा स्वरोजगार कार्यक्रमका लागी ४ करोड २२ लाख ९१ ह्जार ३ सय बजेट रहेको  र ९ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने योजना पालिकाको रहेको बोहराले जानकारी दिनु भयो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष धन बहादुर शाहीले बिकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन रहेको बताउनु भयो । उहाले बिषेश गरी बालबिवाह न्युनिकरणमा निकै चुनौती रहेको भन्दै अब ठोस कार्य योजना बनाएर आगाडी बढ्ने उहाले बताउनु भयो ।

प्रतिक्रिया