Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०१ जेठ २०८१

प्रजातन्त्र दिवसको अवसरमा मंगलसेन बजार सरसफाई

प्रजातन्त्र दिवसको अवसरमा मंगलसेन बजार सरसफाई

कमल रावल, फागुन, ७ अछाम

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अछाम सबै स्थानीय सरकार तथा विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन । स्थानीय तहले आफ्नो अग्रसरतामा बजार सरसफाई बिचार गोष्ठिका साथै विद्यालयहरुले वक्तृत्वकला, हाजिरीजवाफ लगायतका कार्यक्रम गरेका मनाएका छन । जिल्लाको मंगलसेन नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार मंगलसेन बजारमा प्रभातफेरी बजार सरसफाई गरी मनाएको छ ।

नगर प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा आएको टोलिले दरबार परिसर, धर्मेश्वर मन्दिर परिसर, झाडफुंगा धारा र मुहान, बैरागी धारा परिसर तथा बजार क्षेत्रको सरसफाइ गरेको हो । प्रत्येक ठाउँमा थुपारेर राखेको फोहोर व्यवस्थापन गर्दै टिप्परमा हालेर व्यवस्थापनका लागि डम्पिङ साईड पठाईएको थियो । सरसफाई पश्चात बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले शहिदहरुको अमूल्य बलिदानले ल्याईएको प्रजातन्त्रले संविधानको रक्षा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

आफू आएर बजार सरसफाइ गरिरहँदा व्यापारीहरू सरसफाई गर्न ननिस्किएको गुनासो समेत उहाँले गर्नु भएको छ । शहिदहरुको बलिदानले सिर्जीत प्रजातन्त्रलाई नेपालीहरुले बिर्सदै गएको भन्दै यस्तो उपलब्धिलाई बिर्सेने बानिले नेपालमा विकास हुन नसकेको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया