Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०१ जेठ २०८१

बालिकामाथि विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ - कञ्चनपुर

बालिकामाथि विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा  शिक्षक पक्राउ - कञ्चनपुर

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। 

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानालाइ विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको दिनेशखबरलाइ बताए। 

उनकाअनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

ढुङ्गानालाइ अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ। पीडित बालिकाका अभिभावकले उनीविरुद्ध किटानी  जाहेरी दिएपछि थप कारवाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया