Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०१ जेठ २०८१

बुढाकोटमा ७ सय बढीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता

बुढाकोटमा ७ सय बढीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता

फागुन ६, अछाम

साँफेबगर नगरपालिका -९ बुढाकोटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सम्पन्न भएको छ । माघ ३० गते शुक्रबार बाट सुरु भएर बिहिबार सम्पन्न भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रममा ७ सय जना भन्दा बढी नागरिकको राष्ट्रीय परिचय पत्रको विवरण दर्ता भएको राष्ट्रिय परिचयपत्र दर्ता टोली बुढाकोटका प्रमुख शंकर बहादुर कुँवरले बताउनु भयो ।

एक हजार बढी नागरिकता भएका नागरिक भएको बुढाकोटमा ७ सय बढी नागरिकको विवरण दर्ता भएको ५० भन्दा बढी नागरिकको प्रक्रिया नपुगेर विवरण दर्ता नभएको र २५० भन्दा बढी नाकारीक आफ्नो काम बिशेषले वडा बाहिर रहेको कुरा साँफेबगर नगरपालिका - ९ का वडा अध्यक्ष धुर्व बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया