Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

गरिमा विकास बैंकले अटो लोनमा ८० प्रतिशतसम्म कर्जा दिने, वार्षिक ब्याज कति प्रतिशत ?

गरिमा विकास बैंकले अटो लोनमा ८० प्रतिशतसम्म कर्जा दिने, वार्षिक ब्याज कति प्रतिशत ?

गरिमा विकास बैंकले कर्जा प्रवाह गर्ने रणनीतिलाई आक्रमक बनाउँदै लगेको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यो बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप गर्दै गरिमा  सजिलो अटो लोन  ल्याएको छ । 
न्यूनतम बार्षिक ८.७५ प्रतिशत ब्याजदरमा उक्त लोन लिन सकिने बैंकले जनाएको छ । 

यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम १० बर्षको लालागि कर्जा लिन सक्नेछन् । 

आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकको दावी छ । 

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ । 

प्रतिक्रिया