Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

१२ ओटा कम्पनीको ४ करोड ९२ लाखभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै ?

१२ ओटा कम्पनीको ४ करोड ९२ लाखभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै ?

फागुन ७, काठमाडौं । १२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै आईपीओ आउने भएको हो । 

आवेदन दिएका १२ ओटा कम्पनीमध्ये आधिकांश जलविद्युत कम्पनी रहेका छन् । ९ ओटा जलविद्युत कम्पनी, एउटा जीवन बीमा कम्पनी, सिबिआइएल क्यापिटल मार्केट र डिस मिडिया नेटवर्क रहेका छन् ।

१२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । कम्पनीले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ ।  

पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो सयमा नै शेयर सूचीकृत भइ दोस्रो बजारमा शेयर कारोबार शुरु हुने भएकाले आकर्षण बढेको हो । यसो त अहिले बजार पनि बढिरहेको छ ।  

छोटो सयमा नै थारै लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आर्कषण बढेको हो । पछिल्लो समय नेपालको पूँजीबजारको इतिहासमै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा १५ लाखभन्दा बढीले आईपीओ भरेका थिए । 

कम्पनीले आईपीओ निष्कासन बाँडफाँट गरेको १५ दिनभित्रमा दोस्रो बजारमा कारोबारमा आएको थियो । यस कम्पनीको शेयरमूल्य कारोबारमा आएकै दिनदेखि ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि हुँदै आएको छ । अहिले ५ हजारको लगानी रू. २५ हजारभन्दा बढी पुगिसकेको छ । यसले गर्दा छोटो समयमा नै लगानीकर्ताले आकर्षक लाभ हात पारेका छन् । 

धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका तीन ओटा कम्पनीको आवेदन पाइप लाइनबाट हटेको छ । आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका तेह्रथुम पावर कम्पनी, शुभम पावर कम्पनी र इर्मजिङ नेपालको आवेदन हटेको हो । यी तीन ओटा कम्पनीले विगत ६ महीनादेखि आवेदन स्वीकृतिका लागि थप कागजातहरु माग उपलब्ध नगराएका कारण हटेको बोर्डले जानकारी दिएको छ । 

आईपीओ निष्कासन अनुमति पाइपलाइनबाट हटेका कम्पनीले आवश्यक कागजपत्र पुर्‍याएर आईपीओ निष्कासन गर्न निवेदन दिएमा पुनः स्वीकृत हुने बोर्डले जानकारी दिएको छ । 

स्रोत : नेपाल धितोपत्र बोर्ड 

प्रतिक्रिया