भागरथीका दाइले दिए आरोपीविरुद्ध किटानी जाहेरी
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टका दाजु शंकर भट्टले हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भट्टको बलात्कारपछि हत्या प्रकरणमा उनकै नाता दिनेशलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । भागरथी अध्ययनरत विद्यालय सनातन माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आजै सार्वजनिक गर्दैछ ।
भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लगिएको छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया