Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

अब २ लाखसम्म माेबाइल एपबाटै ऋण लिन सकिने

अब २ लाखसम्म माेबाइल एपबाटै ऋण लिन सकिने

लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्टफोन लोन सेवा सुरु गरेको छ । याे सेवा अन्तर्गत ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो ।

यो कर्जा पुरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनबिना नै लिन सकिन्छ र यो पुर्व=स्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया