Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

सिएएस अवार्डको मनोनयनमा नेपाली फिल्म ‘सेल्फी किङ’

सिएएस अवार्डको मनोनयनमा नेपाली फिल्म ‘सेल्फी किङ’

नेपाली फिल्म ‘सेल्फी किङ’ विश्वप्रख्यात संस्था सिनेमा अडियो सोसाइटीले आयोजना गर्ने सिएएस अवार्डको मनोनयनमा परेको छ ।  नेपाली फिल्म सेल्फी किङ ५७औँ सिएसएस अवार्डको ‘बेस्ट साउन्ड मिक्सिङ’ विधाको मनोनयनमा यो फिल्म परेको हो । 

यो विधामा सेल्फी किङले फिल्म नमडल्याण्ड, साउन्ड अफ मेटल, टेनेट, मुलानलगायत फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । ओस्कार दाबेदार फिल्महरुसँग सेल्फी किङले प्रतिस्पर्धा गर्न पाउनु एकदम खुसीको कुरा भएको निर्माण पक्षले बताएको छ । 

अवार्ड कार्यक्रम २०२१ को अप्रिल १७ मा क्यालिफोर्नियाको लस एन्जलसमा हुनेछ । सेल्फी किङ विशाल सापकोटा निर्देशित फिल्म हो । यसमा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ । 

प्रतिक्रिया