Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाँठमा बिरामीलाई फलफुल, क्यान्सर पिडीतलाई आर्थिक सहयोग

सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाँठमा बिरामीलाई फलफुल, क्यान्सर पिडीतलाई आर्थिक सहयोग

कमल रावल, फागुन २ अछाम

मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी धर्मपत्नी स्वास्थ्यकर्मि ईन्दुु केसी सोडारीले आफ्नो बैवाहीक बर्ष गाँठको अवसरमा बिरामीलाई फलफुल वितरण र क्यान्सर पिडीतलाई आर्थिक सहयोग गर्नुभएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ घर भएका सोडारी दम्पतीले बैवाहीक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई फलफुल वितरण सहीत क्यान्सर पिडीत मंगलसेन नगरपालिका वडा नम्बर ७ का सुकी दमाईको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गर्नु भएको हो ।

आफूले सामाजिक अभियानलाई बहन गर्दै सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ सहयोग गरेको अधिकृत सोडारीले बताउनु भयो । अस्पतालका बिरामीलाई फलफुल वितरण गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गर्नुु भएको थियो । फलफुल वितरण कार्यक्रममा सोडारी दम्पती सहीत जिल्ला अस्पताल अछामका प्रमुुख डाक्टर सोनालीका बनस्कोटा, डाक्टर अतुल भारद्धाज, नर्सिग ईञ्चार्ज गँगा बुढा मगर, मंगलसेन नगरपालिकाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

क्यान्सर पिडीत सुकी दमाईको लागि आर्थिक संकलन ग्रहण गर्दै उपचारका लागि आर्थिक संकलन अभियान चलाई रहेका मंगलसेन वडा नम्बर ७ का युवा समाजसेवी नम बहादुर बिष्टले उहाँको उपचारका लागि अभियान जारी रहेकाले हाल काठमाण्डौँको ट्रमा सेन्टरमा उपचार जारी रहेको बताउनु भयो । हरेक क्षेत्रबाट प्राप्त रकम सम्बन्धितको खातामा प्रत्येक दिन जम्मा गर्दै आएको बताउनु भयो ।

प्रतिक्रिया