Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

सपना रोक्काले दिइन् आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी, सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

सपना रोक्काले दिइन् आफूमाथि अभद्र व्यवहार भएको भन्दै  उजुरी, सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

साथै उजुरी दर्ता भैसकेको र बस्नेतलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए ।

सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै गरेकी किटानी जाहेरी उपर काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

विनयजंग बस्नेतलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले लोकपथलाई बताए । ‘जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसक्यो’ उनले भने ।

सपनाले गत शुक्रवार आफूलाई अभद्र ब्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी हालेकी थिइन् । बस्नेत अहिले चितवनतिर रहेको बुझिएको छ । विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए ।

प्रतिक्रिया