Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

केआइ सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार गीता कुवँर सम्मानित

केआइ सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार गीता कुवँर सम्मानित

अछाम जिल्लामा डेढ दशक देखि निरन्तर सक्रिय महिला पत्रकार गीता कुवँर केआइ सिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई महासंघ प्रदेशले दोश्रो साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो ।

पत्रकारीताको माध्यमाबाट सामाजिक रुपान्त्ररण र पत्रकारिताको विकासमा पुर्याएको योगदानको कदर गर्दै कुवँरलाई नगद ११ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । अछाम जिल्लामा रहेर सक्रिय पत्रकारीता मार्फत पुर्याएको योग्दानको कदर गर्दै कुवँरलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष कुवँर अन्नपुर्ण मिडिया नेटवर्क र रेडियो साँफेबगरमा समेत आवद्ध रहेर काम गर्दे आईरहेकी छन् । यो पुरुस्कारले आफुलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिदैँ कुवँरले आगामी दिनमा समेत यस क्षेत्रमा अझ बढी क्रियाशिल रहने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया