Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

क्यान महासंघ अछामको चौथो साधारण सभा सप्पन्न

क्यान महासंघ अछामको चौथो साधारण सभा सप्पन्न

फागुन १ , अछाम

क्यान महासंघ जिल्ला शाखा अछामको चौथो साधारण सभा शुक्रबार मंगलसेनमा सम्पन्न भएको छ । क्यान महासंघ अछामका अध्यक्ष नमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती क्यान महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगाना रहनु भएको थियो ।

कार्यक्रमका सहभागीले सूचना र प्रविधिको जमानामा कम्पुटर नेट , ईन्टरनेटलाई व्यसायिक र सहि सदुपयोग गर्नुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए । कार्यक्रममा  पत्रकार महासंघ अछामका सहसचिव मेनुका ढुंगाना लगायतको सहभागीता रहेको थियो ।

संस्थाका कोषाध्यक्ष इन्दु पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन क्यान महासंघ अछामका महासचिव रमेश महरले गर्नुभएको थियो ।

प्रतिक्रिया