Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

पत्रकार सुशील भण्डारीको नेतृत्वमा अछाम जिल्लामा बोल्न्या थलीको युनिट गठन

पत्रकार सुशील भण्डारीको नेतृत्वमा अछाम जिल्लामा बोल्न्या थलीको युनिट गठन

बोलन्या थलीको अछाम युनिट गठन भएको छ । जिल्लामा युवा पत्रकार सुशील भण्डारीको नेतृत्वमा समिति गठन भएको छ ।

अछामको ठुलासैनमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले भण्डारीलाइ खादा लगाउदै सम्मान सहित बधाई तथा शुभकामना दिनुभयो ।

यस अघि सुदुरपश्चिमका विभिन्न  जिल्लामा बोलन्याथलीको युनिट गठन गरिसकेको  बोलन्या थलीका संस्थापक  जोशीका बताए ।

बोलन्या थलीले सामाजिक कार्यसङ्गै सामाजिक बिसङ्गती,बिकृती बारे आवाज उठाउदै आएको छ भने पश्चिम सेती आयोजना निर्माणलाई दबाद दिन विभिन्न संघर्षका कार्य गर्दै आएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका जिल्ला सचिब नमबहदुर शाही लगायत अन्य पार्टीका प्रतिनिधि र युुवा अभियान्ताहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया