अनलाइन शपिङमा उतारचढाव, यस्तो छ पछिल्लो ६ महिनाको तथ्याङ्क
कोभिड १९ का कारण लागू गरिएको लकडाउनका साथै सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले अनलाइन कारोबारलाई विश्वले नै प्रोत्साहन दियाे । घरमै बसेर सामान किन्नुपर्ने हुँदा अनलाइन शपिङ धेरैकाे रोजाइ बन्याे ।
अमेजन, अलिबाबाजस्ता विश्वका ठूलो ईकमर्स कम्पनीले याे अवधिमा कहिलै छुन नसकेको सफलता हात पारे । हाल कोरोना विस्तारै सेलाउँदै गएको भएता पनि अझै यसको त्रास सकिएको छैन ।
यस्तो अवस्थामा अहिले पनि अनलाइनबाटै सामान मगाउनेको संख्याा ठूलाे छ । जुन अवस्था नेपालमा पनि रहेको छ । नेपाली ईकमर्स कम्पनीले अमेजन, अलिबाबा जस्ता ठूला कम्पनीले पाएको सफलता जस्तै ठूलो सफलता हात पार्न नसकेको भएता पनि यो समयमा ग्राहक भने पाएका छन् ।
यसको अर्थ कोरोनाअघि अनलाइनमार्फत सामान किन्न हिच्चकिचाउने नेपालीको ठूलो जमात अनलाइन शपिङमा तानिएकाे छ । जुन नेपालका ईकमर्स कम्पनीहरुका लागि अवसर हो ।
अर्कोतर्फ अनलाइन कारोबार पनि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत एक महिनाको अवधिमा कारोबारले डेढ खर्बको आँकडा छुन सफल भएको छ ।
यी सबै कुराका बावजुद पनि अनलाइन शपिङमा भने मासिक रुपमा उतारचढाव देखिँदै आएको छ । राष्ट्र बैंकले हरेक महिना देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सार्वजनिक गर्दै आएको छ ।
सोमबारमात्रै २०७७ पुसको तथ्याङ्क सार्वजनिक भएको छ । जसमा कुल ८४ करोड ३० लाखको हाराहारीमा कारोबार भएको छ । यो रकम अघिल्लो महिनाको तुलनमा भने बढी नै हाे ।
साथै अघिल्लाे महिनाको तुलनामा काराेबार सख्या पनि बढेकाे छ । पुस महिनामा कुल १ लाख २० हजार पटक अनलाइन शपिङ भएकाे छ ।
मंसिर महिनाको तुलनमा कारोबार रकम र कारोबार संख्या दुवै वृद्धि भएको भएता पनि यो वृद्धि विगत ६ महिनामा भने निरन्तर रुपमा हुन सकेको छैन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया