Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

कोठा भित्र परपुरुषसँग श्रीमती भेटेपछि श्रीमानले दुबैलाई कोठाभित्र थुने - कञ्चनपुर

कोठा भित्र परपुरुषसँग श्रीमती भेटेपछि श्रीमानले दुबैलाई कोठाभित्र थुने - कञ्चनपुर

कञ्चनपुरमा श्रीमानले परपुरुषसँग श्रीमतीलाई भेटेपछि कोठा भित्रै थुनिदिएका छन्।

जिल्लाको बेलौरी नगरपालिका ६ बस्ने बिनोद नेपालीले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई  कोठामै भेटेपछि थुनेको बताए। 

नेपालीले दुवै जनाले आफूमाथि अभद्र व्यवहार गरेको जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले दिनेशखबरलाई बताए। 

अदालतबाट म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया