Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

सिता एयरलाईन्सद्धारा अछामको साँफेबगरमा उडान परिक्षण

सिता एयरलाईन्सद्धारा अछामको साँफेबगरमा उडान परिक्षण

सिता एयरलाईन्सले अछामको साँफेबगरमा उडान परिक्षण गरेको छ । सिताले आज साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो । साँफे धनगढी उडान सचालनका लागी उडान भरेको एयरलाईन्सले जनाएको छ । प्रदेश राजधानीसंग सदरका पहाडी जिल्लालाई जोड्नका लागी डोटी,अछाम र बैतडीको पाटनमा लगायतका जिल्ला आज उडान सिता एयरका बरिष्ठ महाप्रबन्धक परिक्षण घनश्याक भषालले बताए ।

नागरिक उड्यन प्राधिकरणलाइ उडान परिक्षणको प्रतिबेदन बझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भषालले बताए । सदरका पहाडि जिल्लामा रहेका एयरपोर्ट मध्ये साँफेबगर एयरपोर्ट उडानका लागी सहज रहेको क्याप्टन रबिन्द्र ढंगोलले बताए । अहिले समिट एयरले नियमित रुपमा उडान गरिरहेको छ । समिटले हप्ताको एकदिन आईतवार साफे नेपालगज र बाकीदिन साफे धनगढी उडान गरिरहेको छ । 

नियमित उडानले स्थानीयहरुलाई निकै सहज भएको स्थानीयहरुले बताएका छन् । बसको लामो यात्रा गर्दा हने समस्याबाट छटाकारा मिलेको स्थानीय प्रेमराज जोशीले बताए । सुदुरपश्चीमका पहाडी जिल्ला मध्ये अछाममा दुई वटा एयरपोट रहेको छन् । साँफेको एयरपोर्ट सचालनमा रहेको भने कमलबजारमा रहेको एयरपोर्ट सचालनमा आउन सकेको छैन । 

प्रतिक्रिया